• एमाले नेता शंकर पोखरेलले नेपाली कांग्रेसलाई सत्ता सुम्पिने कम्युनिष्ट नेताहरुले ठूला कुरा गरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले फेसबुकमा चुनावी घोषणापत्र र जनताका बीच गरिएको बाचाकबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेपाली कांग्रेसलाई सत्ता सुम्पने नेताले ठुला कुरा गर्न नसुहाउने बताएका हुन ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओलीपक्षीय नेता पोखरेलले नाम नतोके पनि खासगरी पुष्पकमल दाहाल र आफ्नै वरिष्ठ नेता नेपालविरुद्ध कटाक्ष गरेका हुन । ओली सरकारवाट हटेपछि पोखरेलले नेपाल र दाहालको आलोचना गर्दै आएका छन ।

4565