• नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भ्रष्टाचार विरुद्ध अभियान चलाउन युथ फोर्सलाइ निर्देशन दिएकाछन् । शनिबार काठमाडौंमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनतालाई उत्पादनसँग जोड्ने र भ्रष्टाचार विरुद्ध अभियान चलाउन युथ फोर्सलाइ निर्देशन दिएकाहुन । उनले जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन पनि दिए । उनले एमाले कानुनी शासनलाई मान्ने पार्टी भएकाले कानूनलाई हातमा नलिन पनि ध्यानाकर्षण गराए । पोखरेलले एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान पनि गरे ।

    त्यस्तै एमालेका नेता महेश बस्नेतले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले एमाले सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने चेतावनी दिए ।

    कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । कार्यक्रम अघि राष्ट्रिय युवा संघ र युथ फोर्सले ¥याली निकालेको थियो । र्यालीका क्रममा उनीहरुले सर्वोच्च अदालतको परमादेशबाट ओली नेतृत्‍वको सरकार हटेको भन्दै न्यायालयविरुद्ध नारा लगाएका थिए ।

4565