• राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । अध्यक्ष थापा र चन्दविच बूढानीलकण्ठस्थित निवासमा आज विहान भेट भएको हो । भेटमा चन्दले सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सहयोग गर्न अध्यक्ष थापासँग आग्रह गरेका थिए ।

    जवाफमा राप्रपा अध्यक्ष थापाले आफ्नो पार्टी तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको जानकारी गराएका छन । यसअघि चन्दले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरु केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराइ लगायतसँग पनि भेट गरिसकेकाछन । भेटमा सहमति अनुसार कार्याकर्ता रिहाइ नभएको भन्दै नेकपाले असन्तुष्टि जनाउदै आएको छ ।

4565