• प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरबिच आज विहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ठाकुरले सरकारलाई विश्वासको मत दिने समयमा भएको सहमति कार्यान्वयनप्रति ध्यानाकर्षण गराएका छन ।

    जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ । देउवालाई विश्वासको मत दिएको ठाकुर पक्ष पनि सरकारमा जाने सम्भावना रहेको चर्चाका बीच प्रधानमन्त्री देउवा र ठाकुरविच कुराकानी भएको हो । भेटमा देउवाले जसपाका माग सम्बोधन गर्न आफु सकारात्मक रहेको भन्दै सत्ता साझेदार दलहरुसँग छलफल गरेर माग पुरा गर्न पहल गर्ने आश्वासन दिएका छन । उनले ठाकुर पक्षलाई सरकारमा सहभागी हुन समेत आग्रह गरेको बुझिएको छ ।

4565