-
प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरुले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिए ।
पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानवीन नभए आफूहरु आमरण अनसनमा बस्न बाध्य हुने काँग्रेस नेता अमरेश कुमार सिंहले चेतावनी दिए ।
जिल्ला छानवीन समितिले केन्द्रलाई दिएको सुझावको आधारमा सो सदस्यता वितरण सम्बन्धि विवाद समाधान नगरे मान्य नहुने काँग्रेस केन्द्रिय सदस्य डाक्टर चन्द्रमोहन यादवले बताए । पार्टी केन्द्रले एक पक्षीय ढंगले क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्न लागेकोमा समेत उनले आपत्ति जनाए ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६–१९ गर्ने मिति तोकिएको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा काँग्रेसका प्रदेश नम्बर २ का नेता, कार्यकर्ताहरु पार्टी कार्यालयमा अनसनमा बसेका छन । उनीहरुले जिल्ला छानवीन समितिले दिएको सुझावको आधारमा सो सदस्यता सम्बन्धि विवाद समाधान नगरे मान्य नहुने चेतावनी समेत दिएका छन ।।
News Desk 0 response सोमवार, साउन ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





