-
जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य डा. भट्टराईले प्रतिनिधि सभा सदस्यले समेत आफ्नो भुमिका बारे स्पष्ट नभएको भन्दै सर्वोच्चले सबैको भुमिकालाई स्पष्ट पारिदिएको बताउनुभएको हो । सर्वोच्च अदालतले सुन्दर ढंगले संवैधानिक व्याख्या गरेर संविधानलाई बचाएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा र यसका सदस्यहरुले सायद हाम्रो शक्ति चिनेको छैनौँ ।
अहिलेको सर्वोच्च अदालतको फैसलामा राष्ट्रपति, प्रधानमन्त्री, न्यायालय हुँदै प्रतिनिधि सभा, सभामुखसमेतको अधिकार क्षेत्रको, कर्तव्यको त्यहाँ मूल्यांकन गरिएको छ । दिशानिर्देश गरिएको छ । व्याख्या गरिएको छ । हामीले आफैले लेखेको संविधान आफैँ विर्सिएको थियौँ । यो प्रतिनिधि सभा सबैभन्दा उच्चतम थलो हो ।’प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरिएको भन्दै उहाँले दुर्घटनाबाट बचेको पनि उल्लेख गर्नुभयो ।
यो संविधान अपूर्ण भएपनि अग्रगामी भएको भन्दै उहाँले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘यो संविधान विगतका सबै संविधान भन्दा अग्रगामी संविधान छ । अपूर्ण छ अपुरो छ तर अग्रगामी छ । त्यसैले यसलाई अवमुल्यन नगरौँ ।’प्रतिनिधि सभा पुर्नस्थापनाबाट पाठ सिक्दै गल्ती दोहो¥याउनु नहुने डा. भट्टराईको भनाई छ । प्रतिनिधि सभालाई जनताको सार्वभौमसत्ता अभ्यास गर्ने थलो बनाउनुपर्नेमा उहाँको जोड छ । देउवा नेतृत्वको सरकारलाई स्थायी सरकार बनाउन र लोकतन्त्र र संविधानलाई जोगाउन उहाँले आव्हान गर्नुभएको छ ।
News Desk 0 response आइतवार, साउन ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





