-
सरकारी कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम कारोबारको बास्तविक समयमा नै व्यक्तिगत खातामा जम्मा हुने भएको छ । विद्युतीय सरकारी लेखा प्रणाली मार्फत विद्युतीय कोष हस्तान्तरण गरी सरकारी निकायका कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम तत्काल व्यत्तिगत खातामा लेखांकन गर्ने प्रणालीको बुधबार शुभारम्भ भएको छ । महालेखा नियन्त्रक कार्यालयमा भएको कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव एवं कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी र महालेखा नियन्त्रक मधुकर मरासिनीले संयुक्तरुपमा शुभारम्भ गरेकाहुन । कार्यक्रममा राजस्व सचिव पुडासैनीले यो प्रणाली सरकारी लेखा प्रणालीको सुधारका लागि कोषेढुंगा भएको बताए ।
कार्यक्रममा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीले लेखा प्र्रणालीमा ठूलो सहयोग पुग्ने बताए । यस किसिमको प्रणालीको विकासले पारदर्शिता कायम गर्ने कार्यमा सघाउ पुग्ने पनि उनले बताए । कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले विधुतीय सरकारी लेखा प्रणालीको कार्यान्वयनबाट कर्मचारी सञ्चय कोषको फाँटबारी संकलन कार्यमा सरलिकरण र सहजिकरण हुने बताए ।यो प्रणाली कार्यान्वयनमा आएसँगै कारोबारको बास्तविक समयमा नै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकोले सञ्चय कोष रकम ब्यक्तिगत खातामा जम्मा नहुने, हराउने, दोहोरो प्रविष्टि हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्याहरु समाधान हुने बताइएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३