-
सत्तारुढ नेकपा (एमाले) विवाद समाधानको प्रयास स्वरुप अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। काठमाडौंस्थित मेरियट होटलमा भर्खरै अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता सुरु भएको हो। अध्यक्ष र वरिष्ठ नेताको भेटमा एमाले एकता प्रयासमा सक्रिय भएका नेताहरुसमेत सहभागी छन्।
बुधबार सिंहदरबारमा बसेको एमाले एकता कार्यदलले सहमतिको मस्यौदा तयार पारेर अध्यक्ष र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तय गरेको थियो। सोही अनुसार अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी सुरु भएको हो। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको छलफलमा नेता विष्णु पौडेल र सुरेन्द्र पाण्डेसमेत सहभागी छन्।
अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले एकलौटी ढंगले असंवैधानिक कदम चालेको भन्दै लामो समयदेखि माधव नेपाल समूहले पार्टीविरुद्ध विद्रोह गर्दै आएको थियो। पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन भएपछि ओलीविरुद्ध संघर्ष गरेको नेपाल समूहले दोस्रो पटक प्रतिनिधिसभा पुनः विघटन भएपछि प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर संकलन गरेपछि एमाले विवाद उत्कर्षमा पुगेको थियो।
पछिल्ल दिनमा पार्टी विवादकै कारण अध्यक्ष एवम् प्रधानमन्त्री अप्ठेरोमा पर्दै गएपछि ओली एकताका लागि लचक भएका हुन्। नेपाल समूहको माग अनुसार ओलीले एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय लिएपछि एकता प्रयासका लागि भएका वार्ता सकारात्मक बन्दै आएका थिए।
News Desk 0 response बुधबार, असार २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





