-
नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले पार्टी भित्रको विवादबारे विषयगत छलफल थालेको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक ढंगले अघि बढेको नेताहरुले बताएका छन् । पार्टीभित्र देखिएको विवादको मुल विषयमा प्रवेश गरेर छलफल थालेको उनीहरुको भनाइ छ । मंगलवार विवादको मुल विषयमा केन्द्रीत भएर सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो । तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावलबीचको भेटवार्तापछि कार्यदल व्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो । मंगलवारको बैठकमा झण्डै साढे ३ घण्टा छलफल भएको थियो ।
बैठकमा ओली समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनको निर्णय विरुद्धमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए । नेपाल समूहले भने प्रतिनिधि सभा विघटनको निर्णय ओलीले फिर्ता लिनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो । कार्यदलले दुवै नेताको अडान राजनीतिक प्रकृतिको मानेर सहमतिको प्रयास गर्ने बताइएको छ । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।
News Desk 0 response मङ्लबार, असार २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





