• राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताउँदै यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने बताएका हुन् । उनले विगतका कमी, कमजोरीहरुबाट पाठ सिकेर पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता औल्याए ।

    अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनका लागि चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए । उनले पार्टी गतिहिन भएको भन्दै यही अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार बेहोर्ने उल्लेख गरे । अध्यक्ष थापाले विगतका तितामिठा कुरा बिर्सेर एकताबद्ध हुन आम पार्टी पंक्तिलाई आग्रहसमेत गरे ।

4565