-
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी आधिकारिकता दाबी गरेका छन् । शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष यादवसहित नेताले जसपाको वैधानिकता दाबी गरेका हुन् । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयसहित यादव पक्ष आज निर्वाचन आयोगमा पुगेका हुन् ।
अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरे । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् । आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेको हो ।
यसअघि यादवले पार्टी आधिकारिकता दाबी गर्दै अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरेका थिए । साथै ठाकुरले पनि यादवलाई कारवाही गरेका थिए । दुबै पक्षले जसपा आधिकारिकता दाबी गरेका थिए । एकअर्कालाई गरेको कारवाही भने आयोगले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको थियो । आयोगको उक्त जवाफबारे राजनीतिक र कानुनी लडाइँ लड्ने यादवले बताएका थिए । जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच बिबाद छ । ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली सरकारमा सहभागि भएको छ भने यादव पक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ ।
News Desk 0 response शुक्रबार, असार ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





