-
जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव समूहले पार्टी आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको यादव समूहको कार्यकारिणी बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफुहरुसंग स्पष्ट बहुमत रहेको र आफुहरु नै आधिकारीक भएको जिकिर गरे । आफुहरुको झण्डा र लोगो अर्को पक्षले अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै धारा ४३ र ४४ अनुसार आयोगमा जाने उनको भनाइ छ ।
त्यसैगरी बैठकले बाढीपहिरो र डुवानबाट प्रभावित जनताका लागि राहत र उद्धारमा खटिन पार्टीपङ्तीलाई निर्देशन दिएको छ । बैठकले बाढीपहिरो र डुवान न्युनिकरण गर्नका लागि राज्यले दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिएको छ । त्यसैगरी बैठकले पार्टीको संगठनलाई सुदृढिकरण बनाउन र जनपरिचालन गर्नका लागि अभियान चलाउने बिषयमा सात सदस्य कार्यदल समेत गठन गरेको । ढुुङ्गा गिट्टी निकासी गर्ने सरकारको निर्णयको विरुद्धमा अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ ।
News Desk 0 response बिहिबार, असार ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





