• कोरोना महामारीको पहिलो लहरमा कालो ढुुसी अर्थात म्युकोरमाइकोसीस समस्या नदेखिए पनि दास्रो लहरका क्रममा भने यस्तो समस्या देखिन थालेको छ । कालो ढुसीको समस्या कोरोना संक्रमितहरुमा देखिएपछि सर्वधारणमा यसप्रति चासो र चर्चा बढेको छ ।

    कोरोना महामारीअघि अथवा कोरोना संक्रमणको पहिलो लहरका बेला कालो ढुसीका बारेमा खासै चासो र चर्चा हुने गरेको थिएन । तर दास्रो लहरमा कालो ढुसी अर्थात म्यूकोर माइकोसीसका बारेमा चासो र चर्चासंगै त्रास समेत बढेको छ । कोरोना संक्रमण निको भएका व्यतिmमा म्यूकोरमाइकोसीसको समस्या नेपालमा पनि केहिमा व्यतिmमा देखिए पछि अहिले यो रोगलाई लिएर चिन्ता बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

    कालो ढुसी अर्थात म्यूकोरमाइकोसीस प्राकृतिक रुपमै हाम्रो वरपरको वातावरण, हावा र माटोमा पाइने एक किसिमको अवसरवादी ढुसी हो । जसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई मौका छोपी आक्रमण गर्ने गर्दछ । । तर यो कोरोना संक्रमण भएको व्यक्तिलाई मात्रै देखिने समस्या भने होइन । साथै यो सरुवा रोग पनि हैन । कोरोना संक्रमणका कारण शरीर कम्मजोर हुने तथा कोरोना संक्रमणका क्रममा प्रयोग हुने स्टेरोइड औषधीको प्रयोगका कारण अहिले कोरोना संक्रमण निको भएका व्यतिmमा यस्तो समस्या धेरै देखिन थालेको हो । तर बैलेमा सचेत भए यसबाट जोगिन सकिन्छ । साथै यसको उपचार नेपालमा समेत हुदैँ आएको छ ।

    कालो ढुसीको समस्या म्यूकोर माइकोसीस विशेष गरी मधुमेह, क्यान्सर, लामो समय देखि एन्टीबायोटीक औषधी प्रयोग गरिरहेका व्यतिmमा देखिएको छ । जसका कारण यस्ता समस्या भएका व्यतिmहरुले भने सचेत र सावधान हुन आवश्य रहेको चिकित्सकहरु बताउँछन् ।

4565