• राष्ट्रिय जनमोर्चाका गण्डकीप्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन । बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै प्रदेशसभा थापाको सदस्य पद रिक्त भएको बताए ।

    थापालाई दलबाट निष्कासन गरेको जानकारी पत्र राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । थापालाई जनमोर्चाले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको थियो । गण्डकी प्रदेशसभा ५९ सदस्यीय भएको छ ।

    प्रदेशसभा बैठकमा बिहीवार पनि अर्थमन्त्री किरण गुरुङले जेठ १७ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल भएको थियो ।

4565