-
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिएका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमलाई प्रतिवाद गर्न समेत आह्वान गरेका छन् ।

सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले चुनाव घोषणालाई ‘सर्वसत्तावाद लाद्ने उद्देश्य’ र ‘व्यवस्था नै कू गर्ने अग्रसरता’ भनेर टिप्पणी गरेका छन् । उनले ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको उललेख गरेका छन् । नेता नेपालले संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो भनेका छन् ।
उनले संविधानको मर्ममाथि कुठाराघात भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको आलोचनासमेत गरेका छन् । यसअघि २०७७ साल पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि प्रतिगमन तिर गएको भन्दै तीव्र विरोध भएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेसँगै प्रतिनिधि सभा पुनः व्युँतिएको थियो । अहिले फेरि संसद् विघटन गरेपछि यसलाई माधव नेपालले प्रतिगमन भाग २ मानेका हुन् ।।
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३