-
जनता समाजवादी पार्टीले बैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शिर्षनेता वीच छलफल गरेको छ ।ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शिर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो । लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वभाविक भएको भन्दै उहाँले छलफल जारी भएकाले भोलि विहिबार सम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिनुभयो । बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकिकृत निर्णय गरिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “हाम्रो पार्टीको दुई खेमा होइन । फरक फरक विचारहरु छन् ।यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको बैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोली अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शिर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । छलफल जारी राख्छौ र भोली सम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्नरत छौ । अहिले निष्कर्षमा पुगिसकेका छैनौ । भोली सम्ममा निष्कर्षमा पुग्छौ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडी बढीरहेका छौ । ”
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई एकसाताको समय दिनुभएको थियो । सो समय भोली सकिदै छ ।
News Desk 0 response बुधबार, बैशाख २९, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३