-
नेकपा (एमाले)को एकता जोगाउनका एमालेका विभिन्न तहका नेताहरुका बीचमा छलफल चलिरहेको छ । पार्टीको एकता जोगाउनका लागि एमालेको केपी ओली पक्ष र माधव नेपाल पक्षका दोश्रो तहका नेताहरुको दौडधुप जारी छ । तर एकताका लागि ठोस प्रस्ताव भने प्रस्तुत भएको छैन् ।
एमालेको विवाद मिलाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडैल, धनश्याम भुषाल, योगेश भट्राई लगायतका नेताहरुले पहल जारी राखेका छन् । एकता कायम राख्न माग गर्दै गण्डकी प्रदेशका ११ जना जिल्ला अध्यक्षले माग गरेका छन् । यसैबीच नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत सहमति भएको भन्ने कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गरेको छ ।
नेता नेपालले सहमतिका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन् । नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको नेपालको भनाइ छ । ०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र ०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटमलाइन भएको नेपालले जनाएका छन् । नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफुहरुले चाहेको पनि स्पष्ट पारेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३