• राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आजपनि फेरि अर्को अध्यादेश जारी गरेकी छन् । उनले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । मंगलबार सातवटा अध्यादेश जारी गरेकी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश सरकारको सिफारिसमा जारी गरेकी हुन् ।

    राष्ट्रियसभामा रेल्वे सम्बन्धी विधेयक दर्ता भएर पास हुने अन्तिम तयारीमा रहेको अवस्थामा सरकारले अध्यादेश जारी गरेको हो । संसदको विधेयक अधिवेशनलाई बिजनेस विहिन बनाएको सरकारले एकपछि अर्को अध्यादेश जारी गरेको छ । बुधबार जारी भएका सात अध्यादेश दोस्रोपटक आएका हुन् ।

4565