• नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्लाका डाँगी एमाले भित्र माधवकुमार नेपाल पक्षधर हुन् ।

    पोखरेलले आइतवार सवैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीको शपथ लिएका थिए । लुम्बिनी प्रदेशसभामा एमालेको ४१ सदस्य रहेकोमा यसअघि दृगनारायण पाण्डेले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका छन् । उपनिर्वाचनमा नेकपाका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला केसी माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

4565