-
नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन पारित नगर्न चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी युनियनले ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पारित नगर्न चेतावनी दिएका हुन ।
सम्मेलनमा युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको आरोप लगाए । युनियनको ाष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
अध्यक्ष पोखरेलले सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफु अनुकुलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको आरोप लगाए । नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए । युनियनले ट्रेड युनियनको अधिकारको निम्ति आफुहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३१, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३