-
इटहरी । कर न्याय, सुशासन र समृद्धिमा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित इटहरीमा १५औँ राष्ट्रिय कर दिवस २०८३ विभिन्न कार्यक्रमका साथ मनाउन सुरु गरिएको छ। दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय इटहरीको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरीको समन्वयमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै आम नागरिकमा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको हो। उद्योग वाणिज्य संघ इटहरीको प्राङ्गणबाट सुरु भएको प्रभातफेरीले इटहरी बजार क्षेत्रको परिक्रमा गर्दै संगीत चोकमा पुगेर समापन भएको थियो।
प्रभातफेरीमा सहभागीहरूले कर तिर्नु नागरिकको दायित्व मात्र नभई मुलुकको आर्थिक विकास, सुशासन र समृद्धिको महत्वपूर्ण आधार भएको सन्देश प्रवाह गरेका थिए। उनीहरूले कर प्रणालीलाई पारदर्शी, व्यवस्थित र नागरिकमैत्री बनाउनुपर्नेमा समेत जोड दिएका थिए।

आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख डिल्लीराम पौड्यालले राष्ट्रिय कर दिवसका अवसरमा विगतदेखि नै प्रभातफेरीलगायतका कार्यक्रम आयोजना गर्दै आएको बताए। यस्ता कार्यक्रमले कर प्रशासनको उपस्थिति नागरिकस्तरसम्म पुर्याउनुका साथै करको महत्व र कर तिर्नुपर्ने दायित्वबारे सर्वसाधारणलाई जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले कर तिर्ने संस्कृतिको विकास, करदातालाई प्रोत्साहन तथा कर प्रशासन र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले दिवस मनाइँदै आएको उल्लेख गरे। यस वर्षको नाराले कर न्याय, सुशासनको सुनिश्चितता र समृद्धिमा नागरिक सहभागितालाई प्राथमिकता दिएको उनले बताए।
बाइट ःत्यसैगरी, उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कट्वाल भण्डारीले राज्यले प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणका कामलाई प्रभावकारी बनाउन करको महत्वपूर्ण भूमिका रहने बताइन्। कर प्रणाली पारदर्शी र व्यवस्थित भएमा नागरिकमा करप्रतिको विश्वास बढ्ने उल्लेख गर्दै उनले सबैलाई जिम्मेवार करदाता बन्न आग्रह गरिन्।
यस वर्षको राष्ट्रिय कर दिवसको मूल नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता स् समृद्धिमा नागरिक सहभागिता’ रहेको छ। प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइने र मंसिर ७ गतेसम्म कर सप्ताह सञ्चालन गरिने कार्यक्रम रहेको छ।
करदातालाई कर तिर्न प्रोत्साहित गर्ने, कर छली नियन्त्रण गर्ने, करको दायरा विस्तार गर्ने तथा कर प्रशासनलाई थप जिम्मेवार र सेवामैत्री बनाउने उद्देश्यले दिवस मनाइँदै आएको छ।
प्रभातफेरी कार्यक्रममा नागरिक समाजका पूर्वअध्यक्ष सन्तबहादुर डुम्जन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुली, इटहरी ढुवानी व्यवसायी संघका अध्यक्ष केशव गिरी, होटल तथा लज व्यवसायी समितिका अध्यक्ष दीपक पोख्रेल, उद्योग वाणिज्य संघकी महासचिव सुमित्रा भट्टराई, उद्योगी व्यवसायी, सरकारी कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
News Desk 0 response मङ्लबार, मंसिर १, २०८३
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३
-
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३





