-
इटहरी । नागरिक समाज इटहरीले नयाँ नेतृत्व पाएको छ। आइतबार इटहरीस्थित शुष्मा कलेजको सभा हलमा आयोजित नागरिक भेला तथा पुस्तक विमोचन कार्यक्रममा द्रोणबहादुर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
न्यौपाने यसअघि नागरिक समाज इटहरीको उपाध्यक्षको जिम्मेवारीमा थिए। नयाँ कार्यसमितिको उपाध्यक्षमा भोलाकाजी बस्नेत, गंगा आचार्य र सुरेन्द्र तामाङ चयन भएका छन्। त्यस्तै महासचिवमा लक्ष्मी थेबे र सचिवमा तेज दाहाल चयन भएका छन्।
समितिका सदस्यहरूमा अनन्त विष्ट, उर्मिला कट्वाल,नटवर राठी,दिनेश कोइराला, डम्बर तामाङ सुमित अधिकारी, पुण्यप्रभा गुरागाईँ, राजेन्द्र बास्तोला, प्रदीपकुमार रेग्मी, हिमाल दाहाल, विनोद देवान, राम खड्का, डिसी चौधरी, गंगा कार्की पौडेल र सुभाष गौतम रहेका छन्।
नागरिक समाज इटहरीका अध्यक्ष आरके राईको अध्यक्षता तथा कोशी प्रदेशकी भौतिक तथा पूर्वाधार राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सोही अवसरमा समाजले प्रकाशन गरेको ‘नागरिक सन्देश भाग–२’ पुस्तकसमेत विमोचन गरिएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष राईले आफ्नो दुई वर्षे कार्यकालमा नागरिक सरोकारका विषयमा समाजले खेलेको भूमिका, उठाएका सवाल तथा सञ्चालन गरेका विभिन्न नागरिक अभियानबारे जानकारी गराए। स्थानीय तहदेखि प्रदेशस्तरसम्म नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउने कामलाई समाजले निरन्तरता दिएको उनको भनाइ थियो।
प्रमुख अतिथि राज्यमन्त्री परियारले नागरिक समाज लोकतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण पक्ष भएको बताउँदै नागरिकका जायज सवाल र सार्वजनिक सरोकारका विषयमा समाजले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।
अध्यक्ष द्रोणबहादुर न्यौपानेले आगामी कार्यकालमा नागरिक समाजलाई अझ सक्रिय, जिम्मेवार र उत्तरदायी समूहका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे समाजमा रहेका विकृति, विभेद, अन्याय र असमानताविरुद्ध आवाज उठाउँदै सुशासन, सामाजिक न्याय, मानव अधिकार र नागरिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर काम गर्ने उनले बताए । अन्यायमा परेका नागरिकका आवाजलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सुरक्षा तथा स्थानीय विकासका सवालमा सम्बन्धित निकायसँग सहकार्य गर्ने उहाँको भनाइ छ। सबै सदस्यको विचारलाई सम्मान गर्दै सहकार्य, समन्वय र सहमतिका माध्यमबाट अघि बढ्ने प्रतिबद्धता जनाउँदै उहाँले कार्यसमिति, सदस्य, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, स्थानीय सरकार, सामाजिक संघसंस्था, सुरक्षाकर्मी तथा आम नागरिकको साथ र सहयोगका लागि आग्रह गरे ।कार्यक्रममा नागरिक समाजका पूर्वअध्यक्ष बालिका खड्का भट्टराई, सन्तबहादुर डुम्जन, राजु केसी लगायतको उपस्थिति थियो। सहभागीहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै इटहरीका नागरिक सरोकारका विषयमा अझ प्रभावकारी ढंगले अघि बढ्न सुझाव दिएका थिए।
News Desk 0 response सोमवार, अशोज १९, २०८३
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





