इटहरी । पछिल्लो समय छाला, कपाल तथा सौन्दर्य सम्बन्धी समस्याको उपचारका लागि विशेषज्ञ तथा अत्याधुनिक प्रविधि दक्ष जनशक्ति र अन्तराष्टिय सेवा प्रदान गर्दै आएको छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै इटहरी–९ बसपार्कमा सञ्चालनमा रहेको हेयर एन्ड स्किन केयर लेजर हस्पिटलले आधुनिक प्रविधि र दक्ष जनशक्ति अन्तराष्ट्रिय स्तरको सेवा विस्तार गरिरहेको जनाएको छ ।
नजिकिँदै गरेको विजयादशमी, शुभ दीपावली तथा छठ पर्व–२०८३ को अवसरमा अस्पतालले शुभकामना आदान–प्रदानसँगै सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा तीज पर्वका अवसरमा अस्पतालले आयोजना गरेको तीज विशेष भिडियो प्रतियोगितामा उत्कृष्ट हुने कन्टेन्ट क्रिएटरलाई पुरस्कार तथा सहभागीलाई सम्मान गरिएको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सन्ध्या चोम्वाङलाई ५० हजार रुपैयाँ नगद, २५ हजार रुपैयाँ बराबरको आकर्षक उपहार तथा २५ हजार रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको थियो । यस्तै, दोस्रो स्थान हासिल गर्ने साधना काफ्लेलाई २५ हजार रुपैयाँ नगद, १२ हजार ५ सय रुपैयाँ बराबरको उपहार र १२ हजार ५ सय रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरियो ।
त्यसैगरी तेस्रो हुने दिलासा कुमारी चौधरीलाई १५ हजार रुपैयाँ नगद, ७ हजार ५ सय रुपैयाँ बराबरको उपहार तथा सोही बराबरको उपचार सेवा प्रदान गरिने छ । प्रतियोगितामा सहभागी अन्य २० जना कन्टेन्ट क्रिएटरलाई पनि प्रमाणपत्रसहित आकर्षक उपहार प्रदान गरिएको थियो । अस्पतालबाट लामो समयदेखि सेवा लिँदै आएका सेवाग्राहीलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो । हेयर एन्ड स्किन केयर लेजर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुमन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका छाला तथा यौनरोग विभाग प्रमुख डा. धनकेशर खड्काको प्रमुख अतिथ्यमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. खड्काले कपाल, नङ, छाला तथा सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनिबाट उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको अस्पताल इटहरीवासीका लागि महत्वपूर्ण भएको बताए । आधुनिक प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय उपचार पद्धतिका कारण स्थानीयवासीले आफ्नै ठाउँमा विशेषज्ञ सेवा लिन पाउने उनको भनाइ थियो ।
बाइट ः
अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुमन पराजुलीले इटहरीवासीलाई छाला, कपाल, नङ तथा सौन्दर्यसम्बन्धी गुणस्तरीय र विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । आगामी दिनमा छालासम्बन्धी जटिल रोगका बिरामीलाई भर्ना गरेरसमेत उपचार गर्ने योजना रहेको उल्लेख गर्दै उनले इटहरीलाई छाला तथा सौन्दर्य उपचारको भरपर्दो केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
बाइट ः
कार्यक्रममा विभिन्न सांस्कृतिक तथा नृत्य प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका चिकित्सक, सेवाग्राही, कन्टेन्ट क्रिएटर तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
News Desk response
सोमवार, अशोज १९, २०८३