-
इटहरी । रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेशनको शाखाका रूपमा सञ्चालित सामुदायिक आँखा उपचार केन्द्र इटहरीले ४६ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ। इटहरी–६ स्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा तिलगंगा आँखा अस्पताल काठमाडौंको व्यवस्थापनमा सञ्चालन भइरहेको केन्द्रले नियमित रूपमा आँखासम्बन्धी उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ।
केन्द्रले प्रत्येक महिनाको दोस्रो बिहीबार मोतियाविन्दुको शल्यक्रिया गर्दै आएको छ। सोही क्रममा यसपटक ४६ जनाको सामान्य विधिबाट निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको हो। त्यस्तै, अत्याधुनिक प्रविधिको प्रयोग गरी तीन जनाको मोतियाविन्दु र तीन जनाको आँखामा मासु पलाएको समस्याको समेत न्यूनतम शुल्कमा शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ।
शल्यक्रिया डाक्टर विवेक आचार्यले गरेका थिए।
शल्यक्रियापछि सेवाग्राहीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो। उपचारका लागि केन्द्रमा आउने बिरामीमध्ये परीक्षणका क्रममा मोतियाविन्दु देखिएमा सामान्य विधिबाट गरिने शल्यक्रिया निःशुल्क र अत्याधुनिक मेसिनबाट गरिने शल्यक्रिया भने न्यूनतम शुल्कमा उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख सिनियर अप्टोमेट्रिस्ट राजेशकुमार मेहताले बताए।
द फ्रेड होलोस फाउण्डेसनको सहयोगमा इटहरी तथा आसपासका क्षेत्रमा विभिन्न संघसंस्थाले आयोजना गरेका आँखा शिविर र सामुदायिक आँखा उपचार केन्द्रबाट हालसम्म ४ सय ६५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिसकिएको मेहताले जानकारी दिए।
उनका अनुसार उपचार केन्द्रमा सुनसरी, मोरङ, धनकुटा तथा सप्तरीलगायतका जिल्लाबाट दैनिक ४५ जनाभन्दा बढी सेवाग्राही आँखाको परीक्षण तथा उपचारका लागि आउने गरेका छन्। केन्द्रले मोतियाविन्दुको शल्यक्रियासँगै आवश्यक परीक्षण, रगत परीक्षणलगायतका सेवा समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ। अत्याधुनिक प्रविधिका मेसिनबाट गरिने शल्यक्रिया पनि सर्वसाधारणको पहुँचमा पुग्ने गरी न्यूनतम शुल्कमा सञ्चालन भइरहेको उनले बताए।
News Desk 0 response शुक्रबार, अशोज ९, २०८३
शल्यक्रियापछि दृष्टिमा सुधार आएपछि सेवाग्राहीले सहज रूपमा दैनिक काम गर्न पाउने भन्दै खुसी व्यक्त गरेका थिए। आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढाबाट आउने बिरामीका लागि निःशुल्क शल्यक्रियाले ठूलो राहत पुगेको उनीहरूको भनाइ थियो।
सोही क्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सचिव सञ्जीव ढुंगानाले सेवाग्राहीलाई औषधि वितरण गर्दै आँखाको नियमित परीक्षण, समयमै उपचार तथा आँखाको सुरक्षासम्बन्धी आवश्यक जानकारी दिएका थिए। केन्द्रले सर्वसाधारणलाई समयमै आँखा परीक्षण गराई समस्या देखिएमा तत्काल उपचार गर्न आग्रहसमेत गरेको छ।
सम्बन्धित शीर्षकहरु
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

शुक्रबार, अशोज ९, २०८३