-
इटहरी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिज प्रालिले ५ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
उद्योग व्यवस्थापनका साथै त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरको सहभागितामा सहयोग रकम जुटाइएको उद्योगले जनाएको छ। कम्पनी व्यवस्थापनको सहयोगसँगै कर्मचारी तथा मजदुरको एक दिनको पारिश्रमिकसमेत समेटेर कुल ५ लाख १ हजार रुपैयाँ विपद् कोषमा जम्मा गरिएको हो।
रिजाल टासी इन्डस्ट्रिजका उपमहाप्रबन्धक केदार कार्कीले विपद्को कठिन परिस्थितिमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगस्वरूप रकम उपलब्ध गराइएको बताउनुभयो। उहाँका अनुसार राहत अभियानमा व्यवस्थापनसँगै कर्मचारी र मजदुरलाई समेत सहभागी गराउने उद्देश्यले सामूहिक रूपमा सहयोग गर्ने निर्णय गरिएको हो।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै कार्कीले विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो।
उद्योगले व्यवस्थापन, कर्मचारी र मजदुरको सामूहिक सहयोगसँगै त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरहरूले व्यक्तिगत रूपमा समेत आ–आफ्नो तर्फबाट बाढीपीडितका लागि सहयोग गरेको जनाएको छ।
विपद्को समयमा पीडितको पीडामा साथ दिन निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणलाई समेत आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न उद्योगले आग्रह गरेको छ।
News Desk 0 response शनिबार, भदौ २०, २०८३
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

सोमवार, भदौ १५, २०८३ -

शनिबार, भदौ २०, २०८३