-
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि नेपाल युवा उद्यमी मञ्च (NYEF) ले रु. ५० लाख सहयोग गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत NYEF ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
NYEF का अध्यक्ष आभूषण ज्योति कंसाकारसहितको टोलीले सहयोग रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। बाढीबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको NYEF ले जनाएको छ।
रसुवामा आएको बाढीले जनजीवन प्रभावित बनाएपछि देशभरबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ। NYEF को देशव्यापी सञ्जालअन्तर्गत विभिन्न च्याप्टर, उद्यमी, सदस्य तथा संस्थाहरूको सामूहिक पहलबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ करोडभन्दा बढी सहयोग जुटाइएको मञ्चले जनाएको छ।
त्यसैगरी, NYEF ले प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोगका कार्यक्रमसमेत निरन्तर सञ्चालन गर्दै आएको छ। मञ्चका अनुसार विपद्को समयमा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूलाई पुनःस्थापना र पुनर्निर्माणको चरणसम्म साथ दिनु आफ्नो सामाजिक दायित्व हो।
NYEF ले रु. ५० लाखको यो सहयोगलाई आर्थिक योगदान मात्र नभई प्रभावित समुदायप्रतिको ऐक्यबद्धता, विश्वास र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति भएको बताएको छ।
“सँगै उभिन्छौँ, सँगै पुनर्निर्माण गर्छौँ” भन्ने प्रतिबद्धतासहित NYEF ले रसुवाका प्रभावित समुदायको साथमा निरन्तर उभिने जनाएको छ।
News Desk 0 response शुक्रबार, भदौ १९, २०८३
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





