-
इटहरी । नेवार समुदायको भाषा, संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षणसँगै महिलालाई सामाजिक रूपमा संगठित र सशक्त बनाउने उद्देश्यले स्थापना भएको नेवाः मिस पुच इटहरीले आफ्नो २६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।इटहरी–९ स्थित नेपा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको हो । स्थापना दिवसका अवसरमा सहभागीहरूले भीमसेन तथा गणेश मन्दिरको परिक्रमा गरे । नेवारी धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले आफ्नो मौलिक संस्कृति र पहिचानको संरक्षणमा प्रतिबद्धता जनाएका छन् । सु्नसरी इटहरीमा बसोबास गर्दै आएका नेवार महिलालाई एकीकृत गरी सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले करिब २६ वर्षअघि संस्थापक अध्यक्ष भारती श्रेष्ठको अध्यक्षतामा नेवार महिला समाज स्थापना भएको थियो । स्थापना भएदेखि नै संस्थाले नेवारी भाषा, संस्कार, संस्कृति, परम्परागत पर्व तथा मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । साथै महिलाको नेतृत्व विकास, सामाजिक सहभागिता र क्षमता अभिवृद्धिका गतिविधिलाई समेत संस्थाले प्राथमिकता दिँदै आएको जनाईएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष भारती श्रेष्ठले नेवार महिलालाई एकताबद्ध गर्दै आफ्नो भाषा, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताइन् । उनले समाज परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आफ्नो मौलिक संस्कृति नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् । पछिल्ला समय आधुनिक जीवनशैलीका कारण मौलिक भाषा तथा संस्कृतिमा चुनौती थपिँदै गएको भन्दै यसको संरक्षणका लागि सबै पुस्ताको सहकार्य आवश्यक रहेको उनले बताईन । नेवाः मिस पुचकी अध्यक्ष कौशल्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले पूर्वअध्यक्षहरूले अघि बढाउँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै संस्थालाई थप सक्रिय रूपमा अघि बढाउने बताइन् । उनले नेवारी भाषा, संस्कार, संस्कृति र परम्परागत पर्वको संरक्षणसँगै महिलाको सामाजिक भूमिकालाई अझ प्रभावकारी बनाउने गरी आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रतिकृया दिईन् । कार्यक्रमको संयोजन हिता श्रेष्ठ तथा सह–संयोजन तुलसा श्रेष्ठले गरेका थिए । संस्थाकी सचिव पुनम मानन्धरले सञ्चालन गरेको कार्यक्रममा नेवा मिसा दबू, नेवाः पुच, नेवा देय दबूलगायत विभिन्न नेवार संघसंस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । स्थापना दिवसले नेवार समुदायको मौलिक संस्कृति संरक्षणसँगै महिलाबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
News Desk 0 response बुधबार, भदौ १७, २०८३
-
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३
-
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३
-
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३





