-
इटहरी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघले आर्थिक सहयोग गरेको छ।
संघले बाढीपीडितको सहयोगका लागि नेपाल बैंक लिमिटेडमा रहेको प्रधानमन्त्रि दैवी प्रकोप उद्धार कोषकाृ खातामा एक लाख एघार हजार रकम जम्मा गरेको हो। विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संघले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको जनाएको छ।
बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो क्षति भएको छ भने कैयौँ नागरिकको ज्यान गएको, बेपत्ता भएको तथा धेरै परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रमा अहिले पनि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम भइरहेका छन्।
संघका अध्यक्ष सन्तोष कार्कीले विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएकाले राहत सहयोग गरेको जनाएको छ। संघका पदाधिकारी तथा सदस्यहरूले अन्य व्यक्ति, व्यवसायी, संघसंस्था र समुदायलाई समेत सक्दो सहयोग गर्न आग्रह गरेका छन्।
पछिल्लो समय इटहरी तथा सुनसरी क्षेत्रबाट पनि बाढीपीडितका लागि विभिन्न संघसंस्था, शैक्षिक संस्था तथा निजी क्षेत्रले सहयोग गरिरहेका छन्। इटहरीस्थित नमुना कलेजले समेत भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गरेको थियो।
पूर्वाञ्चल टिफर व्यवसायी संघका पदाधिकारीहरुको बैठक बाट सहयोग गर्ने निर्णय गरेका संघका कर्मचारी सन्तोष गुरुगंले जानकारी गराए ।
News Desk 0 response मङ्लबार, भदौ १६, २०८३
संघले आगामी दिनमा आवश्यकताअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।
-
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३

मङ्लबार, भदौ १६, २०८३