-
इटहरी । होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। संघका अध्यक्ष जयप्रसाद उपाध्यायको अध्यक्षता तथा कोशी प्रदेश सामाजिक विकास मन्त्री रामप्रसाद महतोका स्वकीय सचिव एकराज दाहालको प्रमुख आतिथ्यमा इटहरी उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
News Desk 0 response आइतवार, साउन ३१, २०८३
साधारण सभामा संघका कोषाध्यक्ष दामोदर बिडारीले आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा संघले होटल व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रवद्र्धन, सामाजिक उत्तरदायित्व तथा व्यवसायीका समस्या समाधानका लागि विभिन्न समयमा सञ्चालन गरेका गतिविधि र आगामी योजनाबारे जानकारी गराइएको थियो।
कार्यक्रममा संघका अध्यक्ष जयप्रसाद उपाध्यायले होटल व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले होटल व्यवसायी संघले व्यवसायीको हितका साथै विभिन्न सामाजिक कार्यमा समेत निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। विपद्, सामाजिक अभियान तथा आवश्यकताका विभिन्न समयमा संघले आफ्नो तर्फबाट सहयोग गर्दै आएको उनको भनाइ थियो।
कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिलकुमार सुवेदी, केन्द्रीय सदस्य जीवन पराजुली, होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष मडिन्द्रबहादुर कट्वाल, इटहरी मदिरा व्यवसायी संघका अध्यक्ष दिपनारायण चौधरी, रेडिमेड व्यवसायी संघका अध्यक्ष दामोदर रिमाल, नागरिक समाजका अध्यक्ष आरके राई तथा कलाकार दिनेश कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले होटल तथा पर्यटन व्यवसाय आर्थिक विकासको महत्वपूर्ण आधार भए पनि यस क्षेत्रलाई अझै पनि समाजमा गलत नजरले हेर्ने प्रवृत्ति रहेको बताएका थिए। होटल व्यवसायलाई केवल मनोरञ्जनसँग जोडेर हेर्नुभन्दा रोजगारी, पर्यटन प्रवद्र्धन, राजस्व संकलन र स्थानीय उत्पादनको बजार विस्तारमा पु¥याएको योगदानलाई प्राथमिकताका साथ बुझ्नुपर्ने उनीहरूको भनाइ थियो। व्यवसायलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन राज्य, व्यवसायी तथा समाजबीच सहकार्य आवश्यक रहेको उनीहरूले बताए।
सोही अवसरमा होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष तथा हालै उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित जीवन पराजुलीलाई बधाईसहित सम्मान गरिएको थियो। साथै उद्योग वाणिज्य संघ इटहरीका नवनिर्वाचित पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो। संघका पदाधिकारी तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
साधारण सभाले होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै इटहरीको आर्थिक तथा पर्यटन विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै व्यवसायीबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउनेमा जोड दिइएको थियो।
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३





