-
इटहरी । इटहरी लेडी जेसीजको आयोजनामा लागूऔषध दुर्व्यसनविरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लागूऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो।
राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा लागूऔषधको जोखिम, यसको प्रयोगबाट उत्पन्न हुने समस्या, दुर्व्यसनबाट बच्ने उपाय तथा युवाको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षक विमला घिमिरेले विद्यार्थीलाई लागूऔषधको प्रयोगबाट टाढा रहन तथा साथीभाइमा पनि यसविरुद्ध सचेतना फैलाउन आग्रह गरिन्।
कार्यक्रमको उद्घाटन इटहरी लेडी जेसीजकी अध्यक्ष यमुना बुढाथोकीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कार्कीको प्रमुख आतिथ्यमा भएको थियो।अध्यक्ष यमुना बुढाथोकीले युवावस्थामा गलत संगत र जिज्ञासाका कारण लागूऔषधको प्रयोगतर्फ आकर्षित हुने जोखिम रहेकाले समयमै सचेतना आवश्यक रहेको बताइन्। उनले विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन र सिर्जनात्मक गतिविधिमा जोडिन आग्रह गरिन्।
News Desk 0 response बुधबार, साउन २७, २०८३
प्रमुख अतिथि कैलाश कार्कीले लागूऔषध दुर्व्यसन समाजकै लागि चुनौती बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि विद्यालय, परिवार, समुदाय र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई असल संस्कार र सकारात्मक वातावरण प्रदान गर्न विद्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
इटहरी लेडी जेसीजकी उपाध्यक्ष उषा पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि युवामाझ लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३