-
लेटाङ । धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यले मोरङको लेटाङ नगरपालिकामा सर्वधर्मीय शान्ति सद्भाव परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ।
लेटाङ नगरपालिका–१ स्थित अन्तरधार्मिक शान्ति पार्कमा आयोजित कार्यक्रम सामुदायिक विकास मञ्च, नेपाल र अन्तरधार्मिक शान्ति सञ्जाल मोरङको सहकार्य तथा लेटाङ नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरप्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा हिन्दु धर्मका गुरु राजेन्द्र ढकाल, इसाई धर्मका पास्टर आकाश थुलुङ, इस्लाम धर्मका मौलाना इस्लाम धर्म मोहम्मद अताउल्लाह, किराँत धर्मका गुरु धर्मराज लिम्बू तथा बौद्ध धर्मका लामा राजेन्द्र स्याङ्बोले आ–आफ्नो धर्मको मूल शिक्षा शान्ति, प्रेम, सहिष्णुता र मानव सेवा भएको उल्लेख गर्दै धार्मिक विविधताबीच एकता कायम राख्न सबैलाई आग्रह गरेका थिए।
कार्यक्रममा पछि जारी गरिएको संयुक्त अपिलमा समाजको समृद्धि, शान्ति र प्रगतिका लागि धार्मिक तथा सामाजिक सद्भाव अपरिहार्य रहेको उल्लेख गरिएको छ। अपिलमा हालै सुनसरीको देवानगञ्जलगायत विभिन्न स्थानमा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्ता घटनाले सामाजिक एकता र धार्मिक सहिष्णुतामा चुनौती थपेको उल्लेख गरिएको छ। साथै, घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
News Desk 0 response सोमवार, साउन १८, २०८३
सम्बोधनका क्रममा लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले कार्यक्रमको उद्देश्य धार्मिक, जातीय तथा सांस्कृतिक विविधताबीच आपसी विश्वास, सम्मान र सहिष्णुतालाई अझ सुदृढ बनाउनु रहेको बताए।
पछिल्ला केही घटनाका कारण समाजमा उत्पन्न हुन सक्ने अविश्वास र विभाजनलाई संवाद, संयम र सहकार्यमार्फत अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
अपिलमा कुनै पनि धर्म, जाति वा समुदायका नाममा द्वेष, हिंसा र उत्तेजना फैलाउने गतिविधिलाई निरुत्साहित गर्न तथा संवाद, सहिष्णुता र आपसी सम्मानको संस्कृतिलाई बलियो बनाउन सबै पक्षलाई आह्वान गरिएको छ। धार्मिक अगुवाहरूले शान्तिको सन्देश गाउँ–गाउँ र समुदाय–समुदायसम्म पु¥याउनुपर्नेमा जोड दिँदै सामाजिक एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको बताएका थिए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, वडा अध्यक्षहरू तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
कांग्रेसको भविष्य: व्यक्तिको छायाँमा कि विधिको उज्यालोमा?
सोमवार, साउन १८, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३
-
कांग्रेसको भविष्य: व्यक्तिको छायाँमा कि विधिको उज्यालोमा?
सोमवार, साउन १८, २०८३





