-
रामधुनी । संगीतलाई मनोरञ्जनको माध्यम मात्र नभई मानसिक, सामाजिक तथा शैक्षिक विकासको प्रभावकारी साधनका रूपमा प्रयोग गर्ने उद्देश्यले सुनसरीको रामधुनीमा तीन दिने म्युजिक थेरापी तालिम सम्पन्न भएको छ ।
सेभ द अर्थ सुनसरीद्वारा एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको तालिम रामधुनी नगरपालिका–२ स्थित थारु महिला उत्थान सभा हलमा जेठ १६ देखि १८ गतेसम्म आयोजना गरिएको थियो। तालिममा गीत, नृत्य, मादल वादन तथा संगीतका विभिन्न विधामार्फत सिकाइलाई सहज र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
ङ प्रशिक्षक वरिष्ठ संगीतकर्मी तथा प्राज्ञ प्रदीप बम्जन ले सहजीकरण गरेको तालिममा शिक्षकहरूले संगीतलाई कक्षाकोठामा प्रयोग गरी विद्यार्थीहरूको ध्यान केन्द्रित गराउने, सिकाइप्रति रुचि बढाउने तथा मानसिक रूपमा सकारात्मक वातावरण सिर्जना गर्ने सीप हासिल गरेका छन्।
उनले बदलिँदो समयअनुसार शिक्षण सिकाइ प्रक्रियामा नवीन र सिर्जनात्मक विधिको आवश्यकता रहेको उल्लेख गर्दै संगीत त्यसका लागि प्रभावकारी माध्यम बन्न सक्ने बताए ।
सहभागी शिक्षिका तारादेवी कार्की ले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै संगीतमार्फत विद्यार्थीहरूलाई रमाइलो वातावरणमा सहज ढंगले पढाउन सकिने अनुभव साझा गरिन्।
तालिममा रामधुनी नगरपालिका–२, ४, ८ र ९ का सामुदायिक विद्यालयमा कार्यरत २४ जना प्राथमिक तहका शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। सहभागीहरूलाई तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि, भावनात्मक सन्तुलन तथा सिर्जनात्मक क्षमता विकासका विषयमा समेत प्रशिक्षण दिइएको कार्यक्रम संयोजक राधा चौधरी ले जानकारी दिइन्।
समापन कार्यक्रममा प्रमुख अतिथि रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरी ले संगीत थेरापीले विद्यार्थीहरूको मानसिक विकास र सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सामुदायिक विद्यालयमा संगीत शिक्षालाई थप प्राथमिकता दिने प्रतिबद्धता जनाए।
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।कार्यक्रममा इटिसी नेपालका शिक्षा निर्देशक लक्ष्मीभक्त बासुकला लगायत शिक्षकहरूको सहभागिता रहेको थियो। स्थानीय तहमा पहिलो पटक सञ्चालन गरिएको यस तालिमले संगीतलाई मानसिक स्वास्थ्य प्रवद्र्धन र गुणस्तरीय शिक्षासँग जोड्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
News Desk 0 response बुधबार, जेष्ठ २०, २०८३
-
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३
-
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३
-
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३





