-
इटहरी । अपाङ्गता भएका व्यक्तिप्रति सम्मान, समान अवसर र समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा शिक्षक तथा विद्यार्थीबीच सचेतनामूलक ह्विलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।
स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा सोमबार इटहरी–२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो। संघका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–२ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगितामा मोरङको सुन्दरहरैंचा, सुनसरीको धरान र आयोजक इटहरीका टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा आयोजक इटहरी प्रथम, सुन्दरहरैंचा दोस्रो तथा धरान तेस्रो भएको थियो।
विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई सिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
ह्विलचेयर प्रयोग गरेर बास्केटबल खेल्ने अवसर पाएका शिक्षक तथा विद्यार्थीहरूले फरक क्षमता भएका व्यक्तिहरूले दैनिक जीवनमा भोग्ने चुनौती, संघर्ष, आत्मविश्वास र क्षमताबारे नजिकबाट अनुभूति गर्ने अवसर प्राप्त गरेका थिए । प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र सम्मानको भावना विकास गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष माधव कोइरालाले अपाङ्गता भएका व्यक्तिलाई दयाको दृष्टिले होइन, अधिकार र अवसरको दृष्टिले हेर्न आवश्यक रहेको बताए। उनले समाजका हरेक क्षेत्रलाई अपाङ्गतामैत्री बनाउन स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

त्यसैगरी संघका अध्यक्ष विक्रम घिमिरेले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई चेतना, समानता र सामाजिक रुपान्तरणको प्रभावकारी माध्यम भएको बताए। अपाङ्गता भएका व्यक्तिहरूको क्षमता उजागर गर्दै उनीहरूलाई समाजको मूलधारमा स्थापित गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने बताए ।
News Desk 0 response बुधबार, जेष्ठ २०, २०८३
इटहरी उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले विद्यालय तहबाटै समावेशी शिक्षा, समानता र मानवअधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।
-
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३
-
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३
-
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिफर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३





