-
इटहरी । नेपाली लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन र मौलिक लोक भाकाको जगेर्ना गर्ने उद्देश्यसहित लोक गायिका गङ्गा गौतम ले यसै महिनामा पाँच वटा नयाँ लोकगीतको रेकर्डिङ सम्पन्न गरेकी छन्। तीमध्ये दुई वटा गीतको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ भने बाँकी तीन वटा गीत भिडियो निर्माणको तयारीमा रहेका छन्। गङ्गा गौतम युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको “सिक्किम सहर” गीतले यतिबेला सामाजिक सञ्जालमा विशेष चर्चा बटुलिरहेको छ।
नौमती बाजा र पञ्जेबाजाको मौलिकतालाई समेटिएको उक्त गीतमा सङ्गीत तथा स्वरमा साथ दिएका छन् सन्तोष बिसी ले भने एरेन्ज गरेका छन् सुशील भट्टराई ले। गीतको शब्द तथा स्वर स्वयं गङ्गा गौतमकै रहेको छ। लोक स्वाद र मौलिक भाकाले भरिएको गीतलाई दर्शक–श्रोताले अत्यन्त रुचाएका छन्।

https://youtu.be/OcsThYRXyGs?si=rmSDi5CvUzatzxvQ त्यसैगरी “दुई दिने चोला” गीतले पनि छोटो समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। जीवनको यथार्थ र भावनालाई समेटिएको यस गीतमा रामकुमार नेपाली र गङ्गा गौतमको स्वर रहेको छ। गीतका शब्द सिर्जना गरेका छन् शम्भु नेपाल ले भने एरेन्ज गरेका छन् नारायण दङ्गाल ले। गीतको सङ्गीत पुनः सन्तोष बिसीले नै तयार पारेका हुन्। यी गीतहरू टिकटक, फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बन्न थालेका छन्। https://www.youtube.com/watch?v=GUR9kwPOF2Y दर्शक तथा श्रोताबाट प्राप्त माया, साथ र सकारात्मक प्रतिक्रियाले कलाकार टोली उत्साहित बनेको छ। नेपाली लोक संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्याउने लक्ष्यसहित तयार गरिएका यी सिर्जनाले लोक सङ्गीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
News Desk 0 response मङ्लबार, बैशाख २९, २०८३
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३