-
इटहरी । सम्झनामा धरणीधर दाहाल काव्य चेतना र जीवन कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । विश्व आदर्श कलेजको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार स्वर्गीय धरणीधर दाहालका कविता बाचन सहित उनका काव्य र जीवनबारे विशेष चर्चा गरिएको थियो ।
कार्यक्रममा सहभागी साहित्यकार विद्यार्थीहरूले धरणीधर दाहालका कवितामा जीवन, सामाजिक न्याय र मानवीय मूल्यको झल्को भेटिने उल्लेख गर्दै उनका विचार र सृजनाको महत्वबारे प्रकाश पार्दै रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतिरमण भण्डारीले साहित्य समाजको चेतना र मूल्य बोध गराउने शक्तिशाली माध्यम हो।
यसले नयाँ पुस्तालाई सोच्न र सिर्जनशील बन्न उत्प्रेरित गर्छ । हामीले आफ्ना युवा पुस्तालाई साहित्य र कला मार्फत नै अघि बढाउनुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष रामप्रसाद खरेलले पनि साहित्यको महत्वमा जोड दिँदै भने, “साहित्य नै सबैभन्दा ठूलो हतियार हो । यसले अघिल्लो र पछिल्लो पुस्ताबीच समन्वय स्थापित गर्छ र नयाँ पुस्तालाई प्रेरित गर्ने बताए ।
नेपाल बिट मिडियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी ज्ञानेन्द्र दाहाल, विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरे, विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल ,कवि तथा अनुसन्धानकर्ता केसु बिरही, सुश्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपाल, साहित्यकार कृष्ण अधिकारी, कृष्णविनोद लम्साल लगायतका साहित्यकारहरूको सहभागिता रहेको थियो ।
News Desk 0 response शनिबार, मंसिर १३, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





