-
इटहरी । धर्तिको पहिलो तीर्थ स्थल वराहक्षेत्र साथै वराहक्षेत्र आसपासका धार्मिक क्षेत्रहरुको प्रचारप्रसार सहित धार्मिक महत्वका विषयमा जागरण गर्ने उद्धेश्यले विगत तीन वर्ष देखि नेपालका प्रथम जगतगुरु वालसन्तको नेतृत्वमा सुरु भएको १५ दिवसिय वृहत्तर वराहक्षेत्र पैदल परिक्रमा यस वर्ष पनि जारी रहेको छ ।

कौशिकी र कोकाहको किनारामा रहेको वराहक्षेत्र मन्दिर सहित आसपासका क्षेत्रमा रहेका धार्मिक क्षेत्रहरुलाई मध्यकेन्द्रमा पार्ने गरी प्रथम जगतगुरुपिठ चतरा धामको आयोजना तथा नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरणको अगुवाईमा यही कार्तिक १ गतेबाट सुरु भएको वृहत्तर वराहक्षेत्र परिक्रमा टोली सुनसरीको इटहरी आइपुगेको हो । वराहक्षेत्र पैदल परिक्रमा वराहक्षेत्र सहित आसपासका धार्मिक महत्व वोक्ने मठमन्दिर र नदीहरुलाई केन्द्रमा पारेर सुनसरी , मोरगं , धनकुटा र उदयपुरका विभिन्न स्थानहरुमा जगतगुरु समेतको सहभागितामा साधुसन्त , भक्तजनहरुले पैदल परिक्रमा गर्ने कार्यक्रम अन्तरगत परिक्रमा टोली हिजो सुनसरी र मोरगंको संगममा रहेको वृद्धगंगा नदी तटमा रहेको मोरगं तर्फ सुन्दरहरैचा नगरपालिकामा पर्ने विश्वरुपेश्वर मन्दिरको परिक्रम गरी सोही क्षेत्र विश्राम गरी आज रामधुनी तर्फ अघि वढेको छ । वराहक्षेत्र र विष्णुपादुका, कोकाह लगायतका क्षेत्रलाई केन्द्रमा पारेर गरिदै आएको परिक्रम अन्तरगत परिक्रमा टोली सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा रहेका केही धार्मिक क्षेत्रहरुको परिक्रममा गरि चतरामा पुगेर टुगिंने छ ।वराहक्षेत्रबाट सुरु भएको १५ दिवसिय परिक्रमा मैनामैनी,त्रिवेणीधाम, मुलघाट ,कार्कीछाप,शिवजट्टा, विजयपुर , तरहरा , इटहरी ,झुम्का ,रामधुनी मन्दिर चक्रघट्टी हुदै चतरा पुगेर टुगिंने जनाइएको छ ।
News Desk 0 response बुधबार, कार्तिक १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३





