-
सांस्कृतिक एवं परम्परागत फागु पर्व बसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुवात भएको मानिन्छ ।
बसन्तपुरस्थित हनुमान ढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा विहान आठ बजेर २६ मिनेटको साइतमा विभिन्न रंगका रंगीचंगी कपडा झुण्डाईएका तीन तले चीर गाडिएको हो ।
फागुन शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पुर्याएर दहन गरिन्छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि फागु पर्व सकिएको मान्ने परम्परा छ ।यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा आगामी आइतवार तथा तराईका जिल्लाहरुमा सोमवार फागु पर्व मनाइँदैछ । फागु पर्वलाई आपसी कटुताको अन्त्य र सद्भाव बृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३