• काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी (इको पहिरो) खण्डमा अवरुद्ध सडक आजै बेलुकासम्म खुल्ने सम्भावना देखिएको छ ।

    सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनका अनुसार, पहिरोका कारण पाँच स्थानमा अवरोध भएकोमा चार स्थानको मर्मत सकिएको छ । ‘अब एक स्थानमा मात्रै काम बाँकी छ, सकेसम्म आज बेलुकासम्म गाडी गुडाउने तयारी गरेका छौँ,’ उनले बताए ।

    पछिल्ला ३–४ दिनदेखि लगातार मर्मत भइरहेकाले काम अन्तिम चरणमा पुगेको महर्जनले जानकारी दिए । हाल फिनिसिङको काम भइरहेको र आज नखुले पनि भोलिसम्म सडक अवश्य सञ्चालनमा आउने उनको भनाइ छ ।

4565