-
विराटनगर । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५६औं स्थापना दिवस विराटनगरमा विविध कार्यक्रम सहित सम्पन्न गरिएको छ ।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ विराटनगर इकाईको आयोजनामा सम्पन्न कार्यक्रम अन्तर्गत मोटरसाइकल ¥याली, सम्मान सहित विविध कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रमको पहिलो चरणमा आयोजना गरिएको मोटरसाइकल ¥यालीले विराटनगरका विभिन्न स्थानको परिक्रमा गरी स्थापना दिवसको विशेष सन्देश प्रवाह ग¥यो ।
¥यालीमा सहभागीले एकरूप पहिरन र ब्यानर सहित उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

पछिल्लो चरणमा एलिट क्लब, शनिहाटमा आयोजित औपचारिक कार्यक्रममा उत्कृष्ट बिक्री प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । सम्मानितहुनेहरुमा कल्याण घिमिरे, दिपेन्द्र कार्की र संजिव कर्णलाई ‘उत्कृष्ट बिक्री प्रतिनिधिको रूपमा सम्मान पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ विराटनगर इकाईका अध्यक्ष रविन कुमार चौधरीको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष हिरण्य प्रसाद लुइँटलको प्रमुख आतिथ्य रहेको थियो । साथै, प्रदेश र स्थानीय तहका विभिन्न इकाइका पदाधिकारी, औषधि व्यवसायी, बजार प्रतिनिधि, तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले औषधि तथा स्वास्थ्य क्षेत्रमा बिक्री प्रतिनिधिहरूको योगदान, औषधि बजारमा मर्यादित प्रतिस्पर्धा, औषधिको सही प्रवाह र जनस्वास्थ्यको संवद्र्धनमा संघको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । संघको स्थापना दिवसलाई अवसर मानेर आगामी दिनमा पेशागत मर्यादा, सीप अभिवृद्धि र एकता मजबुत बनाउन प्रतिबद्धता जनाइएका थिए ।
News Desk 0 response शुक्रबार, साउन ३०, २०८२
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





