-
इटहरी । कोशी प्रदेशका सामाजिक विकास तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा रहेका कार्यालयहरु सेवाग्राही मैत्री र भष्टचार घुसरहित हुनु पर्नेमा जोड दिएका छन ।
सुनसरीको इटहरीमा आर्थिक ऐन २०८२ र प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली दोस्रो संशोधन २०८२मा भएका व्यवस्था विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सरकार झन्झट रहित। सेवाग्राही मैत्री कार्यालय बनाउन् प्रदेश सरकारको लक्ष्य रहेको वताएका हुन ।अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री भण्डारीले सेवाग्राही संग अनुचित लेनदेन भएको छ भने खुल्ला रुपमा कुरा राख्न अन्तरक्रियामा सहभागीहरुलाई आग्रह समेत गरेका थिए ।

यातायात व्यवस्था कार्यालय कोशीका प्रमुख बाबुराम शर्मा लुइटेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यातायात व्यवस्था कार्यालय संग सम्वन्धित विभिन्न विषयहरुमा आफनो धारणा राखिएको थिए ।
अन्तरक्रियामा सहभागीहरु बाट आएका कुराहरुको टिपोट गरेर मन्त्रालयले उचित कुराको सम्वोधन गर्ने सो अवसरमा जानकारी गराइयो ।
सोही कार्यक्रममा यातायात व्यवस्था कार्यालय कोशीका प्रमुख बाबुराम शर्मा लुइटेलले चालु आर्थिक वर्ष २०८१। ८२ मा यातायात क्षेत्रबाट संकलित कुल राजस्व अघिल्लो वर्षको तुलनामा १.३४ प्रतिशतले घटेको छ ।
यातायात व्यवस्था विभागको तथ्यांक अनुसार, चालु वर्षमा कुल रु १ अर्ब ३१ करोड ३५ लाख ६८ हजार ९२० मात्र राजस्व संकलन भएको छ ।
यसअघिको आर्थिक वर्ष २०८०। ८१ मा रु १ अर्ब ३३ करोड १४ लाख ३५ हजार ६२०.४३ राजस्व संकलन भएको थियो भने त्यसअघि २०७९। ८० मा रु १ अर्ब ३५ करोड ७५ लाख ६८ हजार ९२० राजस्व उठाइएको थियो ।
News Desk 0 response शनिबार, साउन १०, २०८२
लगातार दुई आर्थिक वर्षदेखि राजस्वमा कमी आउनुमा सवारी दर्ता दस्तुर, ब्लुबुक नविकरण दस्तुर, चालान, र दरखास्त दस्तुर जस्ता स्रोतहरूबाट अपेक्षित राजस्व संकलन हुन नसकेको पनी बताए ।
उनले यातायात व्यवस्था कार्यालयलाई सेवामैत्री बनाएर सेवाग्राहीहरु लाई चुश्त,दुरुस्त सेवा प्रदान गर्दै आए प्रमुख लुइटेलले बताए ।
कार्यक्रममा ढुवानी व्यवसायी महासंघका पुर्व केन्द्रीय अध्यक्ष सन्तवहादुर डुम्जन , नेपाल ट्क यातायात व्यवसायी महासंघ उपमहासचिव मेघराज सिग्देल , इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी , नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी निरीक्षकद्धय केशव अधिकारी , राजु निरौला , ट्क व्यवसायी संघ इटहरीका अध्यक्ष विद्यापति घिमीरे , यातायात व्यवसायी महासंघ कोशी प्रदेशका उपाध्यक्ष सरोज श्रेष्ठ , यातायात व्यवसायी , ढुवानी व्यवसायी , लेखापढी व्यवसायी , सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





