-
डोटीका सरकारी विद्यालयहरुमा छात्र भन्दा छात्राहरुको संख्या उल्लेख्य रहेको छ । कुनै समय छोरीलाई स्कुल कमै मात्र पठाउने गरिएको भएपनि पछिल्लो समय डोटीमा त्यस्तो प्रचलन हटदै गएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका आठ लडागडामा रहेमो सुनादेबी माध्यमिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ । विद्यालयमा अध्ययनरत सात सय विद्यार्थी मध्ये ६० प्रतिशत छात्रा र ४० प्रतिशत जति छात्र रहेका छन । डोटीका अधिकांश सामुदायिक विद्यालयमा छात्रको संख्याभन्दा बढी छात्राको संख्या देखिएको छ ।
सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी देखिनुमा अभिभावकमा छोरा सरह छोरी लाइ पनि पढाउनु पर्छ भन्ने चेतना बढेको विद्यार्थीको बुझाइ छ । अधिकांश अभिभावकले छोरालाई निजी स्कुलमा पठाउने र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका कारण सामुदायिक विद्यालयमा छात्राको संख्या बढी देखिने गरेको छ ।
छोरासरह छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना समुदायमा नै विकास हुँदै गएको स्थानीयको भनाइ छ । छोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान बढेपनि छोरालाई नीजि र छोरीलाई सामुदायिक विद्यालयमा मात्रै पढाउने चलन हटेको छैन । अझै पनि ग्रामीण भेगमा छोरा सरह छोरीले उच्च शिक्षा लिन भने सकस नै देखिएको छ ।
छात्राको सहभागिता बढाउनका लागि स्थानीय तहले बिभिन्न कार्यक्रम ल्याएका छन । माध्यामिक तहसम्म अभिभावकले पढाएपनि त्यसपछि भने उच्च शिक्षा भन्दा बिहेबारी र घरधन्धामै लगाउने चलन नघटेको जनप्रतिनिधि बताउछन । सरकारले छात्रालाई बिद्यालयमा भर्ना गर्न बिभिन्न कार्यक्रमपनि सञ्चालन गरिरहेको छ । पछिल्लो समय सुरु गरिएको दिवा खाजाले पनि विद्यालय आउने छात्राको संख्या बढाउन सहयोग गरेको छ ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३