राजतन्त्र पुनःस्थापनाको मागसहित काठमाडौंमा जारी राजावादीहरूको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको छ।
पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रर्दशन गर्ने तयारी थियो । यद्यपि, आजैबाट लागू हुनेगरी सो क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटीबाट सुरु गरिएको छ ।
अहिले प्रर्दशन बालुवाटारतर्फ अघि बढेको छ ।
प्रदर्शनको क्रममा घुसपैठ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिलाई भद्रकाली परिसरमा ल्याइएको छ ।