-
नेपाल कम्युनिष्ट पार्टी (एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएको दाबी गरेकाछन् । नेकपा (एमाले) खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेल मैदानमा आयोजना गरेको चुनावी जनसभामा उनले भने, “हामी आफैँ विकास गर्न सक्छौँ भन्ने सन्देश प्रवाह गरेको छौँ ।”
वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफैँ बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको स्मरण गर्दै अध्यक्ष ओलीले भने, “हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सधैँ गरिब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ ।” उनले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन आगामी वैशाख–३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई दुई तिहाई बढी स्थानमा जिताउन आग्रह गरे ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा, प्रमुख सचेतक विशाल भट्टराईलगायत नेतासहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र धाम हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताए । अध्यक्ष ओलीले पत्नी शाक्यसँगै हलेसीमा पूजा आरधना गरेर दुई लाख भेटी चढाएको घोषणा पनि गरे ।
हलेसीको दर्शनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेका थिए । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको स्मरण गराए।रासस
News Desk 0 response शनिबार, चैत्र १९, २०७८
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३