-
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएकाछन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरु माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाए। माओवादी जनयुद्ध र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी लागेको उनको भनाइ थियो ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८“अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशिता र समानुपातिकता खोसिने खतरा छ”, उनले भने । परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने अध्यक्ष दाहालले उल्लेख गरे । निर्वाचनमा विजय हासिल गरेर उपलब्धिको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३