• बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

    ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल उपर गरिनुपर्ने राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

    उच्च अदालत पाटन अनुसार विभागले २०७१ सालमा कम्पनीको सेयर विक्री गर्दा भएको लाभको कर नबुझाएको भन्दै कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ बिगो र त्यसको सत प्रतिशत जरिवाना गरेर कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर भएको बताए ।

    कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागको दाबी छ । बोटलर्स नेपाल लिमिटेडको स्वामित्वमा रहेको सेयर बेच्दा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायलाई जानकारी नै नदिई कर छली गरेको विभागले जनाएको छ ।

4565