• नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता स्वार्थका लागि एमसीसी अनुमोदन गरेको बताएका छन् । बिहीबार नेकपा एमाले सुदुरपश्चिम प्रदेश कार्यालयको उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै महासचिब पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एसमाजवादीका अध्यक्ष माधव नेपालले सरकारमा टिकीरहन एमसीसी पारित गर्न सघाएको बताए ।

    पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रहबाट मुक्त नभएको आरोप लगाए । एमसिसी टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्ने सभामुखको पूर्वाग्रहीताले संसदको अवरोध जारी रहेको उनको भनाइ थियो ।

4565