-
प्रतिनिधि सभाबाट एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथि भएको सामान्य छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले सामान्य छलफल गरियोस् भनेर निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि, प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले सरकारले राष्ट्रिय स्वाधिनता र अखण्डतामाथि आँच आउने कुनै गलत सम्झौता नगर्ने बताए । अर्थमन्त्री शर्माले राष्ट्रियता र स्वाधिनता सबै नेपालीका लागि महत्वपूर्ण रहेको बताउँदै गलत सम्झौता नगर्ने बताएका हुन् । नेपाल कुनै पनि मुलुकको सैन्य रणनीतिको हिस्सेदार हुनै नसक्ने भन्दै उनले एमसिसीलाई विकास परियोजनाका रुपमा लागू गर्न सरकार क्रियाशील रहेको बताए । उनले एमसीसीबारे उठेको बहस, नेपाली जनताको चासो र चिन्ताबारे ध्यानाकर्षण भएको बताउँदै सरकारले ब्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने पनि बताए ।
अर्थमन्त्री शर्माले सम्झौताका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास र प्रचलित कानुनमा भएको व्यवस्थाअनुसार व्याख्यात्मक व्यवस्था गरिएको पनि बताए ।।
News Desk 0 response आइतवार, फाल्गुन १५, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३