• नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न रातारात षडयन्त्र भइरहेको आरोप लगाएका छन । एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले पाँच दलीय गठबन्धन तोड्न र सरकारमा आउन रातारात षडयन्त्र भइरहेको भैरहेका बताएका हुन । सरकारबाट हटाउन र प्रदेशमा मुख्यमन्त्री फेर्न भैरहेको षड्यन्त्र बिफल बनाउन आफू लागेको पनि अध्यक्ष नेपालले बताए ।

    प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष ओलीबीच भइरहेका भेटवार्तालाई इंगित गर्दै उनले षडयन्त्रको संज्ञा दिएका हुन । उनले आफ्नो ध्यान देश हित र प्रगतिशील गठबन्धन जोगाउनमा रहेको पनि उल्लेख गरे । यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने उनको भनाइ छ ।

    अध्यक्ष नेपालले नेपाल कुनै पनि सैनिक या सुरक्षा नीतिको अंग बन्न नसक्ने उल्लेख गरे । छिमेकी देशलाई असर पर्ने काम नेपालको संलग्नतामा, नेपालको भूमिबाट हुन नसक्ने उनको भनाइ छ । एमसीसी सम्झौतामा भएका शर्तलाई भने अनुचित मान्न नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

4565