• युक्रेनमा सरकारले ‘सैनिक कानुन’ लागू गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘युक्रेनले आफ्नो रक्षा आफैं गर्ने भन्दै सैनिक कानुन लागू गरेको’ अलजजिराले जनाएको हो । यसैबीच युक्रेनी सेनाले रुसी आक्रमणपछि युक्रेनमा कम्तीमा ५० रुसी सैनिक मारिएको दाबी गरेको छ ।

    उसले केही युक्रेनीको मृत्यु भएको आशंका व्यक्त गर्दै युक्रेनी सेनाको प्रतिरक्षात्मक आक्रमणबाट ५० रुसी सैनिक मारिएको एक विज्ञप्तीमार्फत जानकारी दिएको हो । अर्कोतर्फ, रुसी आक्रमणबाट ४० युक्रेनी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु भएकामध्ये सात जनाको शव बरामद गरिएको उल्लेख गर्दै बीबीसीले बाँकी युक्रेनी सैनिकको अवस्था अज्ञात रहेको बताएको हो ।

    यद्दपि, उसले यो खबरलाई स्वतन्त्र रुपम पुष्टि गर्न भने सकेको छैन । यता, राष्ट्रपति जेलेन्स्कीले हतियार बोक्न चाहने नागरिकलाई सरकारले हतियार उपलब्ध गराउने बताएका छन् । विहीवार सञ्चारकर्मीसँगको छोटो कुराकानीका क्रममा उनले युक्रेनको रक्षाका लागि प्रत्येक नागरिकले योगदान दिने अपेक्षा व्यक्त गर्दै हतियार राख्न दिने बताएका हुन् ।

4565