-
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । मंगलबार भेलाबारे जानकारी दिन ललितपुरको सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले बुधबारको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।
नेता भट्टराईले इतिहासले सोधेका प्रश्नको जवाफ ओलीले दिनुपर्ने भन्दै ओलीको पक्षमा भोलि दुईथोपा आसू झार्ने मानिस समेत नहुने चेतावनी दिए । भेलामा सहभागी भए कारवाही गर्ने ओलीको चेतावनीको जवाफमा भट्टराइले कारबाहीले मुलुक र पार्टी अगाडि नबढ्ने भन्दै कारबाहीको धम्की नदिन ओलीलाई आग्रह गरे ।
पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले भेलाले पार्टी एकतालाई कमजोर नभइ मजबुत बनाउने दाबी गरे । ओली पक्षले भेला विधान विपरित भनिरहेका बेला पाण्डेले पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था भएको दाबी गरे ।
एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलामा पार्टी केन्द्रीय समिति सदस्यहरु, केन्द्रीय निकाय र विभागका सदस्य, प्रदेश समिति, पार्टीका पुर्व केन्द्रीय समिति सदस्यहरु, संघ तथा प्रदेशका सांसद लगायतको सहभागिता रहने बताइएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





